गौशालामा महानगरको डोजर : सुमन सायमी प्रहरी नियन्त्रणमा

२०८१ कार्तिक ३०, शुक्रबार

काठमाडौं : गौशालामा काठमाडौं महानगरको डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमीलाई प्रहरीले पक्राउ गरेको छ ।

गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन डोजरसहित महानगर प्रहरीको टोली पुगेपछि मारवाडी सेवा समितिका र स्थानीय सँगै सायमी पनि सडकमा उत्रिँएका थिए ।

सायमीलाई डोजर रोक्न अगाडि नै सुतेपछि प्रहरीले उठाएर गाैशाला प्रहरी वृतमा पुर्‍याएका थिए ।

नगरप्रहरीले चक्रपथ सडक सीमा मिचिएको भन्दै घरहरूमा डोजर चलाइरहेको छ । डोजर आउनासाथ स्थानीयवासीहरुले विरोध गरे पनि नगर प्रहरी रोकिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार