दार्चुला दुर्घटनामा काका-भतिजकै मृत्यु

२०८१ कार्तिक ३०, शुक्रबार

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका ५० वर्षीय वीरेन्द्र बोहरा बिहीबार बेलुका दार्चुलाको मालिकार्जुन जात्रा हेर्न गए। साथमा उनका भतिजा १५ वर्षीय सुदीप बोहरा पनि थिए।

मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरको रात्रि जात्रामा उनीहरू रमाए। शुक्रबार बिहान घर फर्कन काका-भतिजा मन्दिरनजिकै म १ ज ३३८ नम्बरको जिपमा चढे। तर उनीहरू घर पुग्न पाएनन्। जिप दुर्घटनामा काका भतिजले घटनास्थलमै ज्यान गुमाए।

एकै परिवारका दुई जनाको दुर्घटनामा ज्यान गएपछि गाउँ नै शोकमा डुबेको वडाध्यक्ष भट्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार