यात्रु वहाक गाडी नदीमा खसेर दुर्घटना, आठ जनाको मृत्यु

२०८१ मंसिर १, शनिबार

अफगानिस्तान : उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वहाक गाडी खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

उक्त गाडी शुक्रबार राती प्रान्तीय राजधानी फैजाबाद सहरतर्फ गइरहेको बेला दुर्घटना ग्रस्त भएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक जबिहुल्लाह अमिरीले बताएका छन् । अमिरीका अनुसार स्थानीय तथा उद्धारकर्ताहरु घटनास्थलमा पुगी शव निकाल्न खोजिरहेका थिए ।

मृतकमध्ये एक जना ड्राइभर र अन्य तीन महिला तथा चार बालबालिका रहेको उनले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार