जाजरकोट : जाजरकोटमा एमाले उम्मेदवार सुनिता बोहोरा सवार गाडी तोडफोड भएको छ ।
बिहीबार साँझ बोहोरा सवार गाडी तोडफोड भएको हो । नलगाढ–१ चिउरीमा घरदैलो कार्यक्रमको सिलसिलामा ७ः १५ बजे उनी सवार गाडीमा ढुंगा प्रहार भएको हो। एमाले केन्द्रिय सदस्य तथा भेरी नगरपालिकामा मेयर सीपी घर्तीले बोहोरा सवार गाडी तोडफोड भएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक हरि डाँगीले पनि उम्मेदवार बोहरा चुनाव प्रचार प्रसारमा निस्किएका बेला गाडीमा ढुंगा प्रहार भएको बताए ।





