हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा मकवानपुरमा एक जनाको मृत्यु,एक घाइते

२०८१ मंसिर १४, शुक्रबार

हेटौंडा : मकवानपुरमा हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका- ८ दारिमबासमा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर भुईंमा लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का लागी स्थानीय ३८ वर्षीय मंगलसिंह प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करेन्ट लागेर स्थानीय ४० वर्षकी इन्द्रमाया मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार