बसको ठक्करबाट युवकको मृत्यु

२०८१ मंसिर १५, शनिबार

जाजरकोट : जाजरकोटमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजे भेरी नगरपालिका –१ रावतगाउँस्थित भेरी करिडोरमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले डोल्पाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडिको ठक्करबाट नलगाड –१ चिउरी बस्ने बर्ष ३७ का सुरेश महरको मृत्यु भएको जानकारी दिए ।

चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका –४ का ४५ बर्षे कबिराज घर्तिमगरले चलाएको भे १ ख १३९६ नम्बरको बसले महरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट टाउको खुट्टा र शरीरको भित्री भागमा चोट लागेर गम्भीर  घाइते भएका महरलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

डिएसपी पाण्डेले गाडी र गाडीचालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार