कोशीका नवनियुक्त आन्तरिक मामिलामन्त्री भण्डारीले लिए शपथ

२०८१ मंसिर १७, सोमबार

विराटनगर : कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री भण्डारीलाई सोमबार साँझ शपथ गराएका हुन् । शपथ समारोहमा प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजना गरिएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई सोमबार नै आन्तरिक मामिला मन्त्री नियुक्त गरेका हुन् । उनी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतकको जिम्मेवारी थिए ।

तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा जोडिएर राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीविहीन थियो । कानूनी पृष्ठभूमिका भण्डारी संविधान सभा सदस्य पनि रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार