चितवनमा सकियो रवि लामिछानेको बयान

२०८१ मंसिर १९, बुधबार

चितवन : चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको आरोपमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ।

मंगलबारदेखि सुरु भएको लामिछानेको बयान आज दोस्रो दिन राती आठ बजे सकिएको हो। ‘अनुसन्धानका क्रममा केही आएपछि बोलाउने गरी अहिलेलाई बयान सकिएको छ,’–जिल्ला न्यायधिवक्ता शान्तिराज लुईटेलले भने। लुईटेलका अनुसार लामिछानेमाथि दुई दिनसम्म ७० भन्दा बढी प्रश्न सोधिएको छ। लामिछाने माथि लिखित बयान लिइएको न्यायधिवक्ता लुईटेलले जानकारी दिए। सरकारी वकिल कार्यालयको रोहवरमा अनुसन्धान अधिकृतले लामिछाने माथि बयान लिएका थिए।

मंगलबार एक बजेदेखि बयान लिइएको थियो। बुधबार भने बिहान १० बजेदेखि राती आठ बजेसम्म बयान लिइएको उनले बताए। लिखित बयानको प्रमाणीकरण समेत भइसकेको उनले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार