सुनको मूल्यमा गिरावट

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं : शुक्रबार, छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ५० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
1

ताजा समाचार