कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ मंसिर २१, शुक्रबार

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका– ९ एयरपोर्ट राडरस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ ।

बा.३१ प २५३७ नम्बरको मोटरसाइकल बिएबी ५१२४ नम्बरको कारसँग ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका– ३ घर भएका ४२ वर्षीय नोर्बे लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार