म सभापतिमा उठ्ने कुरा स्पष्ट छ, गगनजीबारे उहाँलाई नै सोध्नुस् : शेखर कोइराला

२०८१ मंसिर २२, शनिबार

भरतपुर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिका लागि आफू उम्मेदवार हुने विषय स्पष्ट पारेका छन्।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सभापतिका लागि आफ्नो दाबीमा कुनै अन्योल नरहेको बताए। “म सभापतिमा उठ्ने कुरा क्लियर छ। यो विषयमा कुनै शंका नगर्नुस्,” उनले भने। महामन्त्री गगन थापासँगको सम्बन्धबारे उनले स्पष्ट गर्दै भने, “गगनजीसँग मेरो खटपट छैन। उहाँ उठ्नुहुन्छ कि हुँदैन, त्यो उहाँलाई नै सोध्नुस्। तर, बाँकी सबै विषयमा छलफल गरेर अगाडि बढ्छौं।”

कोइरालाले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै महाधिवेशनमा प्रतिनिधि, केन्द्रीय सदस्यलगायत सबैलाई उम्मेदवारी दिने अधिकार रहेको धारणा राखे। उनले पार्टीभित्र प्रतिस्पर्धा स्वस्थ र लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्ने बताए।

नेता कोइरालाले ओली नेतृत्वको वर्तमान सरकारमाथि पनि टिप्पणी गरे। “अहिले सुशासन छैन, आर्थिक अवस्था जर्जर छ। सरकार गठनको सहमतिलाई पालना गरिएको छैन। यस्तो अवस्थामा हामीले संविधान संशोधनदेखि आर्थिक सुधारसम्मका मुद्दामा व्यापक सहकार्य गर्नुपर्ने आवश्यकता छ,” उनले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार