म्याद थपका लागि रविलाई अदालतमा पेश गर्ने तयारी

२०८१ मंसिर २३, आईतवार

कास्की : सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिने भएको छ।

यसअघि कास्की जिल्ला अदालतले गत ९ मंसिरमा १५ दिनका लागि दिएको म्याद शुक्रबार राति नै सकिएको थियो। शनिबार अदालत बन्द भएकाले आज मात्र लामिछानेलाई अदालतमा पेश गर्न लागिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा अनुसन्धान चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार