रौतहटमा माछा मार्नभन्दै हिँडेका दुई शिशुको डुबेर मृत्यु

२०८१ मंसिर २४, सोमबार

काठमाडौं : रौतहटमा माछा मार्न गएका दुई शिशुको डुबेर ज्यान गएको छ। रौतहटको देवाही गोनाही नगरपालिका-२ करुनिया लक्ष्मिनियाटोलस्थित लाल बकैया नदी छेउमा डुबेर दुई शिशुको ज्यान गएको हो। ज्यान गुमाउनेमा शेख मनाउल्लाकी ६ वर्षीया छोरी सबाना खातुन र तीन वर्षीय छोरा अब्दुल रहमान रहेका छन्।

उनीहरूको बौधिमाइ नगरपालिका-५ कोपवा टोलबाट देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया करुनिया मामाघर आएको समयमा ज्यान गएको हो। उनीहरू आइतबार साझ माछा मार्न गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार