ऊर्जा उद्यमी प्रधानविरूद्ध २६ करोड माग दाबीसहित मुद्दा

२०८१ मंसिर ३०, आईतवार

काठमाडौं : जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरूद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ ।

गएको शुक्रबार २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ विगो दाबीसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्यता हेरेर दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको अर्यालले बताएका छन् । उनी दोषी ठहरिए विगोको दोब्बर जरिवाना र दुईदेखि १० वर्षसम्म जेल सजाय हुने बताइएको छ ।

प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको शेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेको थियो । प्रधानलाई नेपाल धितोपत्र बोर्डले २०७९ चैत १९ गते ७५ हजार जरिवानासहित १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक तथा महाप्रबन्धक हुन नपाउने गरी कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार