मोरङ : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ।
ग्रामथान गाउँपालिका-२ झोराहाटमा आइतबार प्रदेश १-०४-००२प १९०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङकै कटहरी गाउँपालिका-१ का ४५ वर्षीय उमेश मरिक र उनका २२ वर्षीय छोरा आशिक मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।
घिनाघाट-विराटचोक सडक खण्डको झोराहाटस्थित नहरको पुलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बाबु-छोराको विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।