रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

२०८१ पुष २, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सकिएको छ ।

सोमबार नै म्याद सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो ।

उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार