माओवादीसँग तत्काल एकता नभए विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय

२०८१ पुष २, मंगलवार

कपिलवस्तु : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपा (माओवादी केन्द्र) कै कारण पार्टी एकतामा ढिलाइ भइरहेको निष्कर्ष निकालेको छ ।

एक हप्ता अघिदेखि कपिलवस्तुमा बसेर मङ्गलबार सकिएको केन्द्रीय समिति बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । बैठकले माओवादी केन्द्रसँग तत्काल एकता नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णयसमेत गरेको छ ।

माओवादी र नेकपाबीच यसअघि नै एकता हुने भनिएको थियो तर, अहिलेसम्म एकता हुन सकेको छैन । यसपछि नेकपाले दबाब बढाउने गरी यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार