स्कुल बसकाे ठक्करबाट भारतीय सेनामा कार्यरत युवकको मृत्यु

२०८१ पुष ३, बुधबार

दाङ : दाङको देउखुरीमा स्कुल बसले ठक्कर दिंदा भारतीय सेनामा कार्यरत एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ बिजौरीका ३१ वर्षीय किशन शाही छन् । उनी सवार रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई बिजौरीमा रा १क १४१८ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो ।

उनलाई लालमटियास्थित गोरखा माविको बसले ठक्कर दिएको हो । स्कुल बसको ठक्करबाट शाहीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतक शाही भारतीय सेनामा कार्यरत थिए । उनी केही दिनअघि मात्रै घर बिदामा आएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट शाहीको मृत्यु भएपछि आक्रोशित स्थानीयले मंगलबार राति पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका थिए । मृतकका दुई सन्तान निःशुल्क पढाइदिने र श्रीमतिलाई स्कुलमा रोजगारी दिने सहमति पछि राति साढे १० बजे पछि राजमार्ग सूचारु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त बस ट्युसन पढ्ने बिद्यार्थी छोडेर पूर्वतर्फ जाँदै थियो । तीब्र गतिमा रहेको बसले ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार