जम्मू कश्मीरको कुलगाममा सेनासँग भिडन्तमा ५ अतिवादी मारिए

२०८१ पुष ४, बिहीबार

काठमाडौं : भारतीय सेनाले जम्मू कश्मीरको कुलगाममा भएको भिडन्तमा पाँच ‘आतंकवादी’ मारिएको जनाएको छ। एक्समा जानकारी दिँदै भारतीय सेनाले अपरेसन कदर अन्तर्गत गरिएको गोलीबारीमा दुई सैनिक पनि घाइते भएको बताएको छ । उनीहरूको उपचार र शल्यक्रिया भैरहेको छ ।

कश्मीर पुलिसले पनि आफ्नो एक्स ह्यान्डल मार्फत पाँच चरमपन्थी मारिएको पुष्टि गरेको छ । बिहीबार बिहानै भारतीय सेनाले कुलगाममा चरमपन्थीहरूको उपस्थितिलाई ध्यानमा राख्दै अपरेशन कदर सञ्चालन गर्ने जानकारी दिएको थियो।

भारतीय सेनाका अनुसार, “डिसेम्बर १९ मा कुलगाममा आतंककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा, भारतीय सेना र कश्मीर पुलिसले संयुक्त अपरेशन सुरु गरे।”

भारतीय सेनाले कुलगाममा सेनाले शंकास्पद गतिविधि देखेको र चुनौती दिएपछि ‘आतंकवादी’ले अन्धाधुन्ध गोलीबारी गरेको बताएको थियो। त्यसपछि सैनिकहरूले प्रभावकारी जवाफ दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार