पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

२०८१ पुष ४, बिहीबार

काठमाडौँ : राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उनिको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

उहाँ रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि हुनुहुन्थ्यो । उनिका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ । राससबाट सेवानिवृत्त भएपछि उहाँ भोपाल बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार