काठमाडौं : बाराको महागढीमाई नगरपालिका–१ मा पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
वडा नम्बर १ मा पर्ने बरियापुर टोलमा बस्ने समिर रायकी २ वर्षीया छोरी अलिशा खातुनको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर अशक्त भएकी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको र आवश्यक अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।





