काठमाडौँ : नेपाली कांग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघमा कोइराला पक्षले विद्रोह गरेको छ । नेविसंघमा कोइराला पक्षले विद्रोह गर्दै समानान्तर केन्द्रीय प्रतिनिधि तोकेको हो ।
नेविसंघको १२ औँ महाधिवेशनका लागि जिल्ला अध्यक्षहरूसँग समन्वय गरी सदस्यता वितरण तथा जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि चयन गरिएको केन्द्रीय सदस्य प्रेमिका रानामगरले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।








