कालीकोटमा वडाध्यक्षमाथि धारिलो हतियार प्रहार गरी आक्रमण

२०८१ पुष ६, शनिबार

सुर्खेत : कालीकोटको महावै गाउँपालिका- ३ का वडाध्यक्ष पदमबहादुर सिंहमाथि आज बिहान ४ जनाको समूहले हातपात गरेको छ।

घरमै बसिरहेकाे बेला वडाध्यक्ष सिंहमाथि चार जनाकाे समूहले धारिलो हतियार प्रहार गरी आक्रमण गरेकाे हाे । मदिरा सेवन गरेको आरोप लागेका जीवन सिंह, तारा सिंह, टोप सिंह, र घमन्ड शाहीको समूहले धारिलो हतियार प्रयोग गरेर वडाध्यक्ष सिंहमाथि आक्रमण गरेको बताइएको छ।

टाउकोमा गहिरो चोट लागेपछि सिंहलाई जिल्ला अस्पताल कालीकोटमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

महावै गाउँपालिकाले यस घटनाप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा घटनालाई ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमणका रूपमा व्याख्या गरिएको छ। दोषीहरूविरुद्ध कडा कारबाहीको माग गरिएको छ।

आक्रमणपछि आरोपितहरू फरार रहेको र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार