बलिउडका चर्चित पार्श्व गायक शानको घरमा आगलागी

२०८१ पुष ९, मंगलवार

नयाँ दिल्ली : बलिउडका चर्चित पार्श्व गायक शानको घरमा आगलागी लागेको छ । गएराति मुम्बईको बान्द्रामा रहेको गायक बस्दै आएको अपार्टमेन्टमा आगलागी भएको हो ।

राति एक बजे सातौँ लतामा रहेको उनको फ्ल्याटमा आगलागी सुरु भएको थियो । झन्डै अढाई घण्टाको प्रयासपछि दमकलले आगो निभाएको बताइएको छ ।

भिडियोहरूमा अपार्टमेन्टको झ्यालबाट धुवाको मुस्लो आइरहेको देखाएको छ । आगलागी हुँदा गायक अनि उनको परिवार घरमै भएको तर यस घटनामा कोही पनि घाइते नभएको बताइएको छ ।

आगलागीको कारण थाहा हुन नसकेको मुम्बई प्रहरीले बताएको छ । यस घटनाबारे छानबिन भइरहेको समाचारमा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार