आज साँझ काठमाडौँमा सोनु निगमको कन्सर्ट हुँदै

२०८१ पुष १०, बुधबार

काठमाडौं : भारतीय चर्चित गायक सोनु निगमले बुधबार काठमाडौँमा कन्सर्ट गर्दै छन्। क्रिसमस डेको अवसरमा हायात रिजेन्सी होटल ग्राउन्डमा साँझ हुने ‘सोनु निगम लाइभ इन नेपाल’मा सोनु गुञ्जिनेछन्।

बेलुका ६ बजेदेखि हुने कन्सर्टमा १० हजारभन्दा बढी दर्शकको उपस्थित हुने आयोजकको अपेक्षा छ। साँझ ७ बजे सोनु स्टेजमा उक्लिनेछन्। नेपाल टचको आयोजनामा हुन लागेको कन्सर्टमा निगमसहितको २५ सदस्यीय ब्यान्डले ३ घण्टा प्रस्तुति दिनेछ।

निगमले ५ वटा नेपाली गीतसमेत गाउने छन्। निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।

यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्। कन्सर्टका लागि न्यूनतम २ हजारदेखि अधिकतम ५० हजारसम्मका टिकट बिक्रीमा राखिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार