कस्तो रहनेछ आजको मौसम ?

२०८१ पुष १४, आईतवार

काठमाडौँ : शुक्रबार रातिदेखि बदली भएको मौसम आज देखि सुधार हुँदै जाने भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै मौसम क्रमशः सुधार हुँदै जानेछ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनीमा कर्णाली  प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको समेत  सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भन्दै सावधान रहन अनुरोध गरिएको छ।

साथै बिहानको समयमा तराई तथा उपत्यका/खोँचहरूमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैसँग आग्रह गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार