राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा झण्डा उठाउन अग्रसर भएको छु: भीम रावल

२०८१ पुष १७, बुधबार

काठमाडौँ : एमालेबाट निष्काशनमा परेका भीम रावलले आफू राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताए ।

उनले आफू राष्ट्रियताको हितको पक्षमा अघि बढ्न लाग्दै गर्दा साथ दिन सबै पक्षलाई आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार