काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउनुपर्ने बताएका छन्।
आज बसेको राज्य व्यवस्था समितिको बैठकमा दाहालले शेरा दरबार जग्गा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका हुन्।दाहालले भने, ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु।’





