५७ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

२०८१ पुष २०, शनिबार

काठमाडौं : नेपाल प्रशासन सेवाका ५७ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिको पुस १९ को निर्णयानुसार प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ रिक्त उपसचिव पदमा ३९ जना, लेखा समूहमा ११ जना र राजश्व समूहतर्फ ७ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार