पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने माओवादी नेताहरुको मत

२०८१ पुष २२, सोमबार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालहा ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा नेताहरुले बोल्नेक्रम सुरु भएको छ।

सोमबार दोस्रो दिनको बैठकपछि नेताहरुले प्रचण्डको प्रस्तावमाथि बोल्न सुरु गरेका थिए। प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय दिइएको छ भने अलिहेसम्म ४० जनाले आफ्नो धारणा राखेका छन्।

त्यसमध्य केहीले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउदा पार्टीप्रति नकारात्मक धारणा बन्न सक्नेतर्फ सचेत गराएका छन्। स्रोतका अनुसार ४० जनामध्य ५ जनाले पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेका थिए।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। उनी यसअघि पदाधिकारी र स्थायी समिति बैठकमा पनि सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार