नेकपा एसका केन्द्रीय सदस्य चेपाङ एमालेमा फर्किए

२०८१ पुष २३, मंगलवार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन् ।

केन्द्रीय कमिटीको जारी बैठकबिचमा चेपाङ एमालेमै फर्किएका हुन् । उनलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रवेश गराउँदै स्वागत गरे ।

संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटका सहइन्चार्जको जिम्मेवारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार