भूकम्प अपडेट : तिब्बतमा मृतकको संख्या ९५ पुग्यो

२०८१ पुष २३, मंगलवार

काठमाडौँ : चीनको तिब्बत स्वशासित क्षेत्रमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। १३० जना घाइते भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सिगात्से सहरनजिकैको टिङ्ग्री काउन्टी एपिसेन्टर रहेको ६.९ म्याग्निच्युडको भूकम्पले वरिपरिका गाउँहरूमा ठूलो क्षति गरेको बताइएको छ।तिब्बतका सरकारी अधिकारीहरूले ३ सयभन्दा ज्यादा उद्धारकर्ता परिचालन गरेका छन्।

राष्ट्रपति सी चिनफिङले पनि उद्धारमा खट्न निर्देशन दिएका छन्। नेपालसँगको सीमा क्षेत्रमा रहेका गाउँहरूमा हजारौँ घर भत्केको चिनियाँ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।

भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो। जसका कारण सोलुखुम्बुमा दुईसहित कोसी प्रदेशमा प्रदेशमा ५ घर क्षतिग्रस्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार