‘बा’मालेहरूले मलाई राजावादी भन्नु हास्यास्पद : भीम रावल

२०८१ पुष २४, बुधबार

काठमाडौँ : एमालेले निष्कासन गरेका डा.भीम रावलले नेकपा (एमाले)का केही नेता तथा कार्यकर्ताहरूले आफूलाई राजावादीको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् ।

डा.रावलले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी निकटहरूले आफूलाई राजावादीको संज्ञा दिएकोमा हास्यास्पद भनेका छन् ।

नेता रावलले एमालेलाई ‘बामाले’ को संज्ञा दिँदै भनेका छन्, ‘विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाहरूले मलाई साथ दिएकोमा बामालेहरूले भीम रावल राजावादी भयो भनी प्रचार गरेछन् ।’ रावलले थप भनेका छन्,‘हामी आन्दोलनमा रहेको बेला पञ्चायतको आमा भनी चिनिने डा.तुलसि गिरीसँग गोप्य साँठगाँठ गर्ने, चुनाव जित्न झापामा राजेन्द्र लिंगदेनसँग साँठगाँठ गरी एमालेहरूलाई हलोमा मतदान गर्न लगाउने, राप्रपा नेपालका सभापतिलाई मकवानपुरमा उम्मेदवार बनाउने, होली बाइन टाउकोमा राख्ने, भ्रष्ट, बिचौलिया, कम्युनिस्ट पार्टीले प्रतिक्रियावादी भनेकाहरूसँग पद र सत्ताको लागि घाँटी जोड्ने केपी ओलीका बामालेहरूले देशभक्त युवा युवतिहरूको म प्रतिको समर्थनलाई राजावादी भन्नु हास्यास्पद छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार