कांग्रेस-एमाले सहकार्य ०८४ सम्मै हुन्छ : मुख्यमन्त्री कार्की

२०८१ पुष २६, शुक्रबार

काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले)का नेता हिक्मत कार्कीले नेपाली कांग्रेससँगको सहकार्य ०८४ को निर्वाचनसम्म नै हुने बताएका छन्।

आज साँझ फेसबूकमा उनले लेखेका छन्, ‘एमाले र कांग्रेसबीचको सहकार्य आगामी २०८४ को आमनिर्वाचनसम्म नै हुनेछ।’

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएपछि नेपाली कांग्रेसका नेताहरूले सत्ता गठबन्धनकै औचित्यमाथि प्रश्न उठाइरहँदा कार्कीले यस्तो बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार