ट्रम्पले ‘कब्जा गर्ने’ दावीपछि पनि ग्रीनल्याण्ड अमेरिकासँग काम गर्न इच्छुक

२०८१ माघ १, मंगलवार

काठमाडौं : ग्रीनल्याण्डका प्रधानमन्त्री म्युट इगाले आफ्नो देश अमेरिकासँग रक्षा र खानी स्रोतको क्षेत्रमा काम गर्न चाहेको बताए । म्युट इगाले भनेअनुसार उनको सरकारले अमेरिकी राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पसँग काम गर्ने तरिकाहरू खोजिरहेको छ।

डोनाल्ड ट्रम्पले हालै ग्रीनल्याण्डमा अमेरिकाको कब्जाको बारेमा बोलेका बेला म्युट इगाले यो बयान दिएका हुन् । ग्रीनल्याण्ड आर्कटिकमा डेनमार्कको एक स्वायत्त क्षेत्र हो।

डेनमार्कका विदेश मन्त्रीले पनि ट्रम्पसँग “संवाद जारी राख्न” र “वैध अमेरिकी हित सुनिश्चित गर्न” ग्रिनल्याण्डसँग काम गर्न तयार रहेको बताएका छन् ।

ग्रीनल्याण्ड उत्तरी अमेरिकाबाट युरोपको सबैभन्दा छोटो मार्गमा छ र अमेरिकाको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार