नवजात शिशु मृत फेला

२०८१ माघ ३, बिहीबार

प्युठान : प्युठानको सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशु फेला परेको स्थानीयले जनाएका छन् ।

स्थानीय बासिन्दाले फोहोर सङ्कलन गर्न राखिएको डस्टबिनमा घोप्टो पारेर फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले शिशु बेवारिसे अवस्थामा भेटिएको छ । स्थानीय दर्भान प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी टोली पुगेको जानकारी दिए ।

शिशु कसले छाडेको भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार