काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेलाको तस्बिर खिच्ने डा. निकोलस भुसाललाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश शंकरबहादुर राईको इजलासले डा.भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रविको हिरासत तस्बिर भाइरल भएपछि रास्वपाका नेता कार्यकर्ता प्रहरीमाथि खनिएका थिए। त्यसपछि निकोलसले त्यो तस्बिर आफूले खिचेको बयान दिएका थिए ।
लगत्तै उनी पुस ७ गते पहिलो पटक पक्राउ परेका थिए । त्यसपछि अदालतले उनलाई बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।





