
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक सबैलाई एमालेमा समाहित गर्न ढोका खुला रहेको बताएका छन्।
शुक्रबार प्रेस चौतारीको कार्यक्रममा पोखरेलले एमाले विभाजन गर्ने षड्यन्त्रको नायक नेपाल भएको भन्दै उनलाई एमालेमा स्थान नभएको बताए।एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितकाे टोलीलाई प्रेस चौतारीमा स्वागत गर्दै पोखरेलले भने, ‘माधव नेपालका लागि ढोका खोलिएको छैन।
उहाँ (विश्वमणि सुवेदी)लाई जसरी चौतारीले सम्मान दियो, त्यसैगरी सम्मान दियो भने उहाँ (माधव नेपाल) नै आउनुहुन्छ। त्यसकारण कारबाहीको के अर्थ ? तर, उहाँले गल्ती गर्नुभएको छ, उहाँ दुर्घटनाको नायक हो । उहाँलाई सम्मान दिने पक्षमा एमाले छैन।’