नयाँ दल हामीले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्न थाले : राजेन्द्र लिङदेन

२०८१ माघ ५, शनिबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्न थालेको बताएका छन् ।

बारा जान लागेका बेला शनिवार हेटौडामा कार्यकर्तासँग भेटघाट गर्दै लिङदेनले यस्तो टिप्पणी गरेका हुन्।  ‘अहिले त नयाँ भनिएका दल पनि पुराना दललाई देखाएर उनी गर्न पाउने हामीले गर्न नपाउने ? भन्दै भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने बिन्दुमा पुगे,’ अध्यक्ष लिङदेनले भने,‘यस्तो अवस्थामा देश पुगेको छ।’

नयाँ अनुहारबाट यस्तो अपेक्षा नगरिए पनि उनीहरूबाट देखिएको लक्षणले देश दण्डहीनतातर्फ बढेको उनले बताए । ‘उसले त्यति धेरै खाँदा केही नहुने, हामीले थोरै खाँदा पनि थुनिनुपर्ने? भन्ने प्रश्नले के देखाउँछ ? यसरी देश लज्जास्पद दण्डहीनतातिर बढेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार