ओलीजीले बोलाउनुभयो एमालेमै जाने भइयो: वामदेव गौतम

२०८१ माघ ७, सोमबार

काठमाडौँ : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मै फर्किने भएका छन्। शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज बिहान ओलीसँग फोन संवाद गरेपछि एमालेमै फर्किन लागेको बताए।

एमालेमा फर्कन दुई वर्षदेखि प्रयास गरिरहेको र अहिले ओलीले बोलाएपछि आफू जान तयार भएको गौतमले बताएका छन्। कहिले जाने भन्ने कुरामा ओलीले छिटै मिति, समय र स्थानको जानकारी गराउने भनेको र त्यसपछि मात्र थाहा हुने उनले बताए।

केही दिनअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने गरी पनि छलफल भएको थियो । तर, जिम्मेवारीबारे कुरा नमिल्दा उनी समाजवादीमा जानबाट पछि हटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार