दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको हिरासत २० दिन थपियो

२०८१ माघ ७, सोमबार

काठमाडौं : दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक योलको हिरासतको अवधि थप गरिएको छ । सियोल अदालतका न्यायाधीशले अनुसन्धानकर्ताहरूले योललाई थप २० दिनसम्म हिरासतमा राख्न सक्ने भन्दै वारेन्ट जारी गरेका हुन् । युन सुक योललाई बुधबार पक्राउ गरिएको हो ।

अन्वेषकहरूले उनलाई पक्राउ गर्नका लागि युन सुक योलसम्म पुग्न भर्याङ र तार काट्ने मेसिन प्रयोग गरे। पक्राउलाई रोक्न राष्ट्रपति सुरक्षा सेवा (पिएसएस) का कर्मचारीहरूले ब्यारिकेडहरू लगाएका थिए। यसै क्रममा युन सुक योलका समर्थकहरु पनि भेला भएका थिए ।

गत वर्षको डिसेम्बरमा युन सुक योलले देशमा मार्सल ल लागू गर्ने घोषणा गरेका थिए र विवादपछि उनले फिर्ता लिएका थिए । त्यसपछि युन सुक योविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र संसदमा पारित भयो। युनविरुद्ध देशद्रोहको आरोपमा पनि अनुसन्धान भइरहेको छ ।

संवैधानिक अदालतले युन सुक योललाई महाभियोगमार्फत पदबाट हटाउनुको वैधानिकताको बारेमा निर्णय गरेको छैन। यस कारणले, युन सुक योल प्राविधिक रूपमा अझै पनि दक्षिण कोरियाको राष्ट्रपति छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार