काठमाडौँ : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूमाथि आक्रमण गर्नेलाई प्रतिकारमा उत्रन साथीहरूले रोकेको बताएका छन्।
सोमबार प्रदेश सभाको बैठकमा बोल्दै उनले सेक्युरिटीलाई पन्छाएर आफूलाई हानेको र त्यसको प्रतिकारमा उत्रन खोज्दा साथीहरूले रोकेको बताएका हुन्।
उनले सभामा भने, ‘भिआइपीलाई साइड दिनुभएन ठिकै छ तर सडकमा त भिआइपी मात्रै होइन, अरु पनि हिँड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्युरिटीलाई पन्छाएर मलाई हानेको हो। सदनलाई नढाँटी भन्नुपर्छ, म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिएँ, तर मलाई साथीहरूले रोक्नुभयो।’





