एजेन्सी : भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ।
मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए। घाइतेहरुलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ।
छुट्टाछुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए।





