अध्यादेशको ‘कन्टेन’ राम्रै छ तर संसदबाट आउनुपर्थ्यो: शेखर कोइराला

२०८१ माघ ९, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशका अन्तरवस्तु (कन्टेन) खराब नरहेको बताएका छन्। सरकारले ल्याएका अध्यादेश ठिकै र राम्रै रहेको उनको टिप्पणी छ।

‘अध्यादेशको भित्रको कन्टेनहरू खराब छैन, धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छ भन्छु म,’ विराटनगरमा बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘तर संसद बोलाएर गर्नुपर्थ्यो नि त, कांग्रेस र एमालेको बहुमत छ। बहुमतले पास गर्ने हो नि, दुई तिहाइ त चाहिँदैन ऐन बनाउन।’

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हालै पाँच वटा अध्यादेश जारी गरेका थिए। फरक प्रसंगमा बोल्दै कोइरालाले पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार