ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु

२०८१ माघ ९, बुधबार

काठमाडौं : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

बझोङको आन्याङ जिल्लामा एक ट्रकले अन्य सवारीसाधनलाई ठक्कर दिँदा बुधबार बिहान ११ः४० बजे दुर्घटना भएको आन्याङ प्रहरीले जनाएको छ, जसमा १२ वटा सवारीसाधन फरकफरक रुपमा क्षतिग्रस्त भएका छन् । मृतक पाँचमध्ये चार जनाको घटनास्थलमै र एक जनाको आकस्मिक उद्धारको प्रयास गर्दा मृत्यु भएको हो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार