एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी

२०८१ माघ ९, बुधबार

काठमाडौं : उच्च अदालत पाटनले एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश जारी गर्दै तत्काल उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको छ।

न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरविरुद्ध अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो। बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। तर उक्त जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।

पीडितको मागबमोजिम बुधबार उच्च अदालतले आदेश जारी गरिदिएको हो। हाल केन्द्रीय सदस्य रहेका उनी अनेरास्ववियु केन्द्रीय अध्यक्षसमेत भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
4

ताजा समाचार