सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२०८१ माघ १०, बिहीबार

काठमाडौं : दक्षिणी म्यानमाको मोन राज्यमा बुधबार भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय उद्धार संस्थाका एक अधिकारीले बिहीबार सिन्ह्वालाई बताए ।

यान गी आङ रिजर्भ फायर सर्भिस एण्ड रेस्क्यू अर्गनाइजेसनका एक अधिकारीले मोन राज्यको ये टाउनसिपमा रहेकोमा हल्वे पहाड चढ्ने क्रममा गाडी दुर्घटना भएको बताए । दुर्घटनाको खबर दिउँसो करिब २ बजे प्राप्त भएको अधिकारीले जानकारी दिए । दुर्घटना हुँदा गाडीमा ११ जना सवार थिए ।

मृत्यु हुनेमा दुई पुरुष र तीन महिला छन् भने घाइते हुनेमा तीन पुरुष र दुई महिला रहेको उद्दार संस्थाले जनाएको छ । घाइतेहरूलाई ये टाउनशिप पिपुल्स अस्पताल पठाइएको थियो, जसमा दुईको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार