१७ जना एसपीको सरुवा, पर्सामा मिश्र

२०८१ माघ १२, शनिबार

काठमाडौँ : नेपाल प्रहरीका १७ जना एसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार शुक्रबार उनीहरुको सरुवा भएको हो ।

जसअनुसार एसपी अपिलराज बोहराको जिल्ला प्रहरी परिसर काठमाडौँमा सरुवा भएको छ । यस्तै एकनारायण कोइरालाको जिल्ला प्रहरी कार्यालय इलाम तथा गौतम मिश्रको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ ।

रामेश्वर कार्कीको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, सन्तोष तामाङको जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार