
काठमाडौं : नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम(४) अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदिप चन्द दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुर प्रसाद पोखरेल रहेका छन् ।