काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएका छन् ।
संसद्को आगामी अधिवेशनको तयारीबारे छलफल गर्न आइतबार बस्ने संसदीय दलको बैठक अघि सभापति देउवाले शनिबार दिउँसो पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।
सिंहदरबारमा शनिबार भएको छलफलमा देउवाले पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूलाई सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिए । कांग्रेसले संसद्को आगामी अधिवेशनको तयारीबारे छलफल गर्न आइतबार संसदीय दलको बैठक बोलाएको छ। त्यसअघि सभापति देउवाले आज पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसँग छलफल गरेका हुन् ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कामको समीक्षा, तथा संसदमा कांग्रेस सांसदहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको थियो ।





